काठमाडौं । विद्युत प्राधिकरणबाट बर्खास्त गरिएको निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
कुलमानको पक्षमा सडक उर्लीएका समर्थकहरुले उनलाई पुर्नवहाली गर्नुपर्ने, कार्यकारी राष्ट्रपचि बनाउनु पर्ने लगायतका माग लेखेको प्लेकार्ड बोकेका छन् ।
यस्तै उनीहरुले कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, उज्यालो नेपालका नायक, कर्मचारी संयन्त्रमाथिको बेथिति बन्द गरजस्ता नारा लगाएका छन् ।