आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रास्वपाको जनयात्रा शुभारम्भ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
रास्वपाको जनयात्रा शुभारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो ।

पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई  राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को श्रृङ्खला जनयात्रा भएको रास्वपाको भनाइ छ ।

रास्वपाले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाइँमा आवाज अझ बुलन्द गर्ने बेला आएको जनाएको छ । ‘सत्तामा बसेकाहरूलाई  तिमीहरूको अत्याचार अति भयो नसच्चिने भए सक्किन तयार बस भनेर शंखनाद गर्ने बेला आएको छ । गाउँ गाउँमा जाने बेला आएको छ । बस्ती बस्तीमा पुग्ने बेला आएको छ’, रास्वपाको भनाइ छ ।

कार्यक्रमको शुभारम्भ सभापति रवि लामिछानेसहितका नेताहरूको उपस्थितिमा हुने भनिएपनि त्यसअघि नै उनी शुक्रबार पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार उनी पक्राउ परेपनि जनयत्रालाई जारी राख्ने गएराति बसेको रास्वपा केन्द्रीय सचिवालयको निर्णय गरेको थियो ।

पार्टीको घोषणाअनुसार चितवनबाट जनयात्रा शुभारम्भ गर्ने निर्णय भने लामिछानेकै अध्यक्षतामा चैत १८ मा बसेको बैठकले गरेको थियो ।

यो पनि पढ्नुहोस्

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

५ मिनेट अगाडि
प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक