शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपियाँनजिक दाबी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपियाँनजिक दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपियाँनजिक दाबी परेको छ ।

राजावादी समर्थकको प्रदर्शनका क्रममा भएको हुलदङ्गाका कारण अहिलेसम्म चार करोड ८७ लाख ६८ हजार २० रुपियाँ बराबरको क्षतिको दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ । बिहीबार निर्जीवन बिमा कम्पनीबाट प्राप्त तथ्याङ्कका अनुसार हुलदङ्गाका कारण भएको क्षतिमा ११ वटा बिमा कम्पनीमा ४३ वटा दाबी परेको छ । प्राप्त बिमा दाबीमध्ये हालसम्म एउटा कम्पनीले तीन वटा दाबीको ४५ हजार १२ रुपियाँ भुक्तानी गरिसकेको छ ।

हालसम्म प्राप्त दाबीमध्ये शिखर इन्स्योरेन्सले तीन वटा दाबीको ४५ हजार १२ रुपियाँ भुक्तानी गरेको छ । बाँकी १० कम्पनीले भने एउटा पनि दाबी भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ । हुलदङ्गा र मुठभेडबाट प्राप्त भएको क्षतिको विवरण अनुसार सर्वाधिक रकमको दाबी सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीमा परेको छ । यो कम्पनीले दुई वटा दाबीको एक करोड २७ लाख रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

रकमका हिसाबले दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले आठ वटा दाबीबापत एक करोड १७ लाख ५० हजार रुपियाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तथ्याङ्कमा छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाँच वटा दाबीको ६८ लाख ९१ हजार रुपियाँ, नेको इन्स्योरेन्सले चार वटा दाबीको ५२ लाख रुपियाँ, दी ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपियाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपियाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले एउटा दाबीको १६ लाख ९५ हजार रुपियाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चार वटा दाबीको १४ लाख ६० हजार रुपियाँ, शिखर इन्स्योरेन्सले पाँच वटा दाबीको १३ लाख २५ हजार रुपियाँ, नेपाल इन्स्योरेन्सले एउटा दाबीको आठ लाख ७१ हजार ७९५ रुपियाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ५० हजार रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार बिमालेख अनुसार बिमा दाबीमध्ये सर्वाधिक मोटर बिमा (निजी) तर्फ २२ वटा, सम्पत्ति बिमा १६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम तीन वटा र विविध दुई वटा दाबी परेको छ । जसमध्ये मोटर बिमा (निजी) दुई र विविध एक दाबीको भुक्तानी भएको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख भारतीय रकमसहित पक्राउ

पाँच लाख भारतीय रकमसहित पक्राउ

३ घण्टा अगाडि
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक