शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदीय पद्धतिको धज्जी उडाउँदै अधिवेशन अन्त्य

अध्यादेश प्रतिस्थापन गर्ने ५ विधेयक पारित, सबै काम जनहितविपरीत

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत माघ १८ गते एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा भएको ढिलाइबारे स्पष्ट रूपमा असन्तुष्टि व्यक्त गरे । कानुन निर्माणमा ढिलाइ हुनुको मुख्य कारण गठबन्धन सरकारको जटिलता र संसदमा आवश्यक बहुमत जुटाउन कठिनाइ भएको उनको भनाइ थियो । त्यही दिनदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशन दुई महिनासम्म चल्यो । तर, उल्लेख्य काम गर्न नसकी, सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन गर्ने ५ विधेयक मात्र पारित गरेर सकियो । तर, संघीयताको आधार मानिने निजामती सेवा ऐन र शिक्षा ऐन जस्ता महत्वपूर्ण विधेयकहरू भने पारित हुन सकेनन् ।
संघीयता कार्यान्वयनका लागि आवश्यक निजामती सेवा ऐन, शिक्षा ऐन र प्रहरी ऐन जस्ता आधारभूत कानुनहरू पारित हुन नसक्नु यो अधिवेशनको सबैभन्दा ठूलो असफलता हो । विपक्षी दलहरूले विभिन्न मुद्दामा संसद अवरुद्ध गरे, जसले बैठकको प्रभावकारिता घटायो । विशेष गरी सहकारी ठगी प्रकरण र रवि लामिछानेको मुद्दाले संसदमा तनाव सिर्जना गरेको थियो । यस अवधिमा अपेक्षित संख्यामा विधेयक पारित नहुनु र ठोस नीतिगत निर्णयहरू नहुनाले अधिवेशनको उत्पादकत्वमाथि प्रश्न उठेको छ । सत्तारुढ गठबन्धनभित्रै नीतिगत असहमति र नेतृत्वको कमजोर समन्वयले संसदको काम प्रभावित भयो । यो समस्या गठबन्धन सरकारको संरचनागत कमजोरीको रूपमा देखिएको छ ।
प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले धेरै कानुनहरू बनाउनुपर्ने छ, तर गठबन्धन सरकारको प्रकृतिले गर्दा सहमति जुटाउन समय लाग्छ । संसदमा दुई तिहाइ बहुमत चाहिने अवस्था छ, तर राष्ट्रिय सभाको समीकरणले तत्काल त्यो सम्भव छैन। हामी संविधान संशोधन र अन्य महत्त्वपूर्ण कानुन निर्माणका लागि प्रतिबद्ध छौँ, तर यो प्रक्रियामा समय लाग्नु स्वाभाविक हो ।’ तर, स्वयं प्रधानमन्त्री र संसद्ले यो अभिव्यक्तिलाई काम गर्न नसकेर अझ पुष्टि गरेका छन् ।
अर्कोतर्फ सरकारले पारित गरेका विधेयक पनि आफू, आफ्ना आसेपासेलाई अनुकूल हुनेगरी ल्याइएको छ । यो अधिवेशनमा राष्ट्रिय सभाबाट उत्पत्ति भएका सुरक्षित कारोबार विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक पारित भएर कानुन बनेका हुन् ।
त्यस्तै सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो । तर सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश भने संघीय संसदमा स्वीकृतीका लागि पेस भएन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले अध्यादेश स्वीकार गर्न नसकिने भन्दै विरोध गरेको थियो ।
नेपालमा बारम्बार सरकार परिवर्तन हुने र गठबन्धन सरकारको अस्थिर प्रकृतिले संसदीय व्यवस्थालाई कमजोर बनाएको छ । उदाहरणका लागि, २०७२ को संविधान जारी भएपछि १० वर्षमा १३ पटक सरकार फेरिएको छ । दलहरूबीच न्यूनतम साझा मुद्दामा सहमति नहुँदा सत्ताको खेल प्राथमिकतामा परेको छ भने कानुन निर्माण ओझेलमा परेका छन् । यस्तै, नीति निर्माणमा ढिलाइ, विकास आयोजनाहरू अलपत्र पर्ने र जनताको विश्वास गुम्ने स्थिति सिर्जना भएको छ ।
संसद, सरकार र न्यायपालिकाजस्ता संस्थाहरूले स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । संसदीय समितिहरू प्रायः निष्क्रिय रहन्छन्, र कानुन निर्माणमा ढिलाइ हुन्छ । शक्ति सन्तुलन र नियन्त्रणको अभावले सरकारमाथि संसदीय निगरानी कमजोर भएको छ, जसले भ्रष्टाचार र दुरुपयोग बढाएको छ ।
संसदीय व्यवस्थामा सांसद र मन्त्रीहरूले जनताप्रति जवाफदेही हुनुपर्ने हो, तर भ्रष्टाचार र दण्डहीनताले यो संयन्त्र कमजोर भएको छ । ललिता निवास, वाइडबडी जस्ता प्रकरणमा ठूला नेताहरूमाथि कारबाही नहुनु यसको उदाहरण हो । फलतः जनताको संसदप्रतिको विश्वास घट्दै गएको छ, र व्यवस्था नै असफल भएको आभास भएको छ । २०७२ को संविधानले संघीय संसदीय व्यवस्था अपनाए पनि केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट स्पष्ट र प्रभावकारी छैन । जस्तै, प्रादेशिक संरचनालाई बलियो बनाउन आवश्यक कानुन बन्न ढिलाइ भएको छ । यसले शक्ति बाँडफाँटमा द्वन्द्व र संसदीय प्रक्रियामा अवरोध सिर्जना भएको छ ।

 

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

२ दिन अगाडि
प्रचण्डलाई घेर्दै ओली र देउवा !

प्रचण्डलाई घेर्दै ओली र देउवा !

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक