शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिए

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।

मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । चालु आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन् । पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

उनका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरू मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक् भूगोलले पर्यटकलाई थप आकर्षित गर्ने भएकोले बर्सेनि यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो ।

राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले बताए यहाँ अवस्थित वर्षौं पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, गुफालगायत सुन्दरताका कारण मुस्ताङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको उनको भनाइ छ ।

उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बाहरू पर्यटकका लागि विभिन्न खोज तथा अनुसन्धानको केन्द्र बन्दै गएका अध्यक्ष गुरुङले जानकारी दिए ।

मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन, जीवनशैली र स्थानीय चाडपर्वहरूको मौलिकता अवलोकन गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

चितवनलाई पर्यटकीय राजधानी वनाउन माग

चितवनलाई पर्यटकीय राजधानी वनाउन माग

२ दिन अगाडि
राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटनविरोधी ?

राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटनविरोधी ?

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक