काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले राजावादीको आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग दिने बताएका छन्।
गुरूङले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एभिन्युजका पत्रकार रजकको परिवारलाई राहतस्वरुप ५ लाख र कीर्तिपुरका महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका हुन्। चैत्र १५ गते राजावादी समर्थकहरूले तिनकुनेमा एक व्यापारी भवनमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको गोली लागेर मृत्यु भएको हो।
सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुट्न आएकाहरूमाथि प्रतिकारमा उत्रिने सुरक्षागार्डलाई पनि सम्मान गरिएको छ। भाटभटेनीले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरेको हो।