आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए सुधारको अभियानमा सहभागी हुन आग्रह

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
एनआरएनए सुधारको अभियानमा सहभागी हुन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले अप्रिल ७, २०२५  भित्र सदस्यता लिएर संस्थागत सुधारको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरूसँग भर्चुअल कुरा गर्दै घलेले मे ३–५, २०२५ मा काठमाडौंमा हुन लागेको महाधिवेशन ऐतिहासिक अवसर भएको जनाउँदै यसमा सबैलाई समेट्नका लागि प्रयास पनि भइरहेको जानकारी गराए ।

उनले महाधिवेशनमार्फत संस्थालाई नयाँ दिशा दिन, विधान सुधार गर्दै आवश्यक दस्ताबेज तयार पार्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रस्ट पारे ।

अहिले उच्चस्तरीय समितिले सदस्यताको म्याद थप गर्दै डेलिगेट्सका लागि पनि आवेदन खुला गरेको उनले जानकारी दिए  ।

अर्को  समूहले एमआईएस सिस्टममा ‘डेटा  व्रिच’ गरेकाले उच्चस्तरीय समितिले सदस्यता भर्ने म्याद ७ तारिखसम्म थप गरेको उनले गराए ।

यसैगरी, अप्रिल २२ तारिखसम्म डेलिगेट्सका लागि आवेदन खुला गरेको बताउँदै महाधिवेशनको मिति अब नसर्ने उनले  प्रस्ट पारे । ‘महाधिवेशनमा सहभागिता आवश्यक छ । सहभागिता नभए केही अर्थ रहँदैन । सदस्य बन्ने समय अझै चार–पाँच दिन बाँकी छ । सदस्यता लिएर नेतृत्वमा आउनुस्, उम्मेदवार बन्नुस्, जित्नुस्, अनि संस्थालाई अगाडि बढाउनुस् ।  तर, समय कम छ, अप्रिल ७ पछि मौका पाइँदैन, त्यसैले सात तारिख भित्रै सदस्यताको निवेदन दिन विशेष रूपमा म आग्रह गर्छु’, घलेले भने।

उनले एनआरएनएमा देखिएको विभिन्न समस्या समाधान गर्न र संस्थागत सुधार गर्न पनि अहिलेको महाधिवेशन महत्त्वपूर्ण रहेको प्रस्ट पारे । ‘संस्थागत सुधार गरेर, सबै कुरा लिखित रूपमा व्यवस्थित राख्नुपर्छ । यस्तो अवसर बारम्बार आउँदैन’, उनले थपे ।

अहिले सम्म एमआइएस (सदस्यता सूचना प्रणाली) हामीलाई नदिएकाले नै उच्चस्तरीय समितिले छुट्टै वेबसाइटबाट सदस्यता आह्वान गरेको र यसमा उत्साहजनक सहभागिता रहेको उनले बताए । ‘यो परमादेश हो, वैधानिक हो । परराष्ट्र मन्त्रालयले हामीलाई नै वैधानिकता दिन्छ । हामी त परमादेश कार्यान्वयन गर्ने गरी काम गरिरहेकाले यसमा दुबिधा मान्नुपर्ने अवस्था नै मैले देख्दैन’, घलेले भने ।

एनआरएनएको प्राथमिक उद्देश्य नीतिगत बहसमा केन्द्रित भएर काम गर्नु पर्नेमा कता कता नमिलेको जस्तो देखिएको उनको भनाइ छ । उनले संघलाई व्यक्तिगत वा व्यापारिक स्वार्थका लागि प्रयोग गर्न नहुने कुरामा आफू पनि सचेत रहेको र अब आउने नेतृत्वले पनि त्यस्तो नगर्ने जनाए ।

घलेले सुधारको प्रक्रिया थालनी भइसकेको भन्दै अब हतोत्साहित नहुन  सबैलाई अपिल पनि गरेका छन् ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१४ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक