शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बार अध्यक्षका दुई उम्मेदवारबीच आरोपप्रत्यारोप

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल बारले न्याय परिषद् घेराउ गर्ने 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ अध्यक्षका उम्मेदवार बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अर्का उम्मेदवार वरिष्ठ अिधिवक्ता प्रा.डा.विजय मिश्रकै अगाडि आफ्ना एजेण्डा चोरेको आरोप लगाएका छन् । बुधबार राजधानीमा नेपाल बार एशोसिएशन निर्वाचन समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा एकअर्काबीच आरोप प्रत्यारोप हुँदा श्रेष्ठले आफ्ना एजेण्डै नहुनेले ‘बार सुधार्छु’ भन्दा कसले पत्याउने प्रश्न गरे ।

सुरुमा सत्तासिन एमाले–काँग्रेस गठबन्धन निकट ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूह’ तर्फबाट अध्यक्षका उम्मेदवार मिश्रले व्यवसायीक कानून व्यवसायी समूह र त्यसतर्फबाटका उम्मेदवार श्रेष्ठमाथि विभिन्न आरोप लगाएका थिए । प्रा.डा.मिश्रले श्रेष्ठमाथि परिलक्षित गर्दै संवैधानिक पदमा रहेर कामकाज गरेकाबाट बार नचल्ने बताउँदै भने,“टिका लगाएर पिर्के सलामी खाएकाहरुले बार चलाउन सम्भव नै छैन् ।” हामीले न्यायालयको सुधार गर्न तथा बारको गरिमा र प्रतिष्ठा माथिउठाउन फैसला अध्ययन समिति गठन गर्ने लगायतका विभिन्न एजेण्ड लिपिबद्ध गरिसकेका छौं” मिश्रले थपे ।
त्यसपछि आफ्नो बोल्ने पालोमा पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमन श्रेष्ठले आफ्नो प्रतिबद्धता पत्र देखाउँदै मिश्रको भनाईको प्रतिबाद गरेका थिए । मौलिक तथा नयाँ एजेण्डा नबनाई हामीले बनाएका एजेण्डाको नक्कल गरि, ‘हाकाहाकी दिनलाई रात पार्दै, लाज पचाउँदै यसो गर्छु उसो गर्छु भनेर हामीले पत्याईदिने ?’ श्रेष्ठले खरो प्रतिवाद गरे । ‘यहाँ उपस्थित अधिवक्ताज्यूहरु तपाईहरुले खोजविन गरे हुन्छ, कि उहँहरुले कहिले प्रिन्ट गर्नुभयो र हामीले कहिले ? कपि पेष्ट गर्नेहरुबाट बार चल्ला ? के जसको नीति उसैको नेतृत्व भएन भने के हुन्छ ? बार सुधार्ने योजना मिश्र जीकै मान्छेहरुले मौका पाउँदा किन गर्नुभएन ? अनि हामीले ल्याएका एजेण्डा म महासचिव हुँदा केही अभ्यास गरिसकेको पनि हो अब यसलाई अबको कार्यकालमा थप प्रभावकारी बनाउने हो ।’ श्रेष्ठले थपे ।
आगमी चैत २३ गते हुने नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दुबै पक्षका कार्यसमिति उम्मेदवारहरुको परिचय गरिएको थियो ।
न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन दुवै पक्षले अपिल गरेका थिए ।
विभिन्न कानुन व्यवसायी संगठन तथा स्वतन्त्र उर्जाशील कानुन व्यवसायीहरु मिलेर ‘व्यवसायिक कानुन व्यवसायी समूह’ निर्माण गरिएको र आफू नेतृत्वको समुहमा सबै किसिमका स्वच्छ अब्बल अधिवक्तहरुको प्रतिनिधित्व भएकोले पनि जिताउन अपिल गरेका छन् ।

यो पनि पढ्नुहोस्

पाँच लाख भारतीय रकमसहित पक्राउ

पाँच लाख भारतीय रकमसहित पक्राउ

२ घण्टा अगाडि
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक