शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन्।

मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि सो कुरा जनाएका हुन्।

पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे। सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए।

सभापति लामिछानेले भन्नुभयो, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् नै हो। सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ। कानुनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतीको सम्पत्तिलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दूषित मनसाय राखी दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनु हुँदैन भनेर कानुनी कुरा राखेको थिएँ। एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झैझगडा नै गर्ने भन्ने हुँदैन।’
उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए। संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको जानकारी दिए।

उनले थपे, ‘पहिलो संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो। म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ। तर एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्नुभयो। मैले उहाँलाई त्यसो भए आज सदनमा छलफल गरौँ न। एक पटकमा कति जनासम्मलाई निलम्बन गर्न पाइने हो ? किनभने मुद्दा टेकाइदिए त पुग्यो। मुद्दा किनारा लाग्न कति वर्ष लाग्छ थाहा छ नि। सरकारले भोलि प्रतिस्पर्धा हुँदा अर्को पार्टीको किन आफ्नै पार्टीको नेता प्रतिस्पर्धामा छ भने त्यसलाई सिध्याउने हतियार बन्यो। यो अवस्थामा नजाऔँ भनेर अनुरोध गरेको छु। उहाँले सकारात्मक रूपमा लिनुभयो।’

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए। पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे। उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे। उनले सबै कुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको जनाए।

उनले भने, ‘म यहीँ छु म थुनामा पनि छैन। मलाई चितवनका जनताले दुई दुई पटक मत दिएर जिताएर पठाएका छन्। सरकार फेरि यसो भन्दा थुन्ने कसरी भनेर लाग्ला ? त्यहाँ उता झुन्ड्याएर राखेको छँदै छ। म एउटा कुरा भनेर जान्छु, बिहीबारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ। सम्भव छ ? पर्साको विलम्बलाई तपाईँहरू र आम नागरिकहरूले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसाबले हेरेको छु। मैले सकेसम्म कानुनी प्रक्रियाहरू टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो। अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ। तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झ्न्ड्याइरहेको छ। मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन। सबै थाहा छ, जगजाहेर छ। सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ। सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो। नाङ्गो भइसक्यो, देखिएको छैन।’

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

७ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक