शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिए

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 84 mins read
0
भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं  । गत चैत्र १५ गते राजावादी समूहको आन्दोलनका कारण ज्यान गुमाएका पत्रकार सुरेश रजक र विभिन्न मिडिया क्षेत्रमा तोडफोड आगजनी गरेको घटनालाई लिएर भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्  ।
नेपाल पत्रकार महासंघ भक्तपुरले आज विभिन्न पत्रकार संघ संगठनसँग गरेकाे अन्तर्क्रिया कार्यक्रममा भक्तपुरका विभिन्न पत्रकार संघ संगठनका अध्यक्षहरूले महासंघले गरेको आन्दोलनलाई ऐक्यबढ्ढता जनाएका छन्। चैत १५ गते आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको हत्या र कान्तिपुर टेलिभिजन अन्नपूर्ण पोस्ट लगायतका कार्यालयमा तोडफोट र आगगजनीको विरोध जनाएका छन्। उनीहरूले तोडफोड आगजनी र हत्यामा संलग्न जोसुकै भएपनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारको हत्यामा संलग्न र मिडिया क्षेत्रमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो। उहाँले दोषीलाई तत्काल कारबाही गरी कानुनी कटकरामा उभ्याउनुपर्ने र सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक सुरेश रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गर्नुभयो।
कार्यक्रममा नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले पत्रकार महासंघले गरेको आन्दोलनलाई अझ सशक्त बनाएर आन्दोलनलाई चर्काउनुपर्ने बताउनुभएको छ। उहाँले बन्द कोठाभित्र नभई सडक तताउनुपर्ने समेत माग गर्दै नेपाल प्रेस युनियन पत्रकार महासंघले गरेका जुनसुकै विरोध कार्यक्रममा बलियो उपस्थिति जनाएर अघि बढ्ने बताउनुभयो। कार्यक्रममा प्रेस चौतारीका सचिव नारायण थापाले पत्रकार सुरेश रजकको हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। सरकारले हत्यामा संलग्नलाई कारबाही नगरिए भविष्यमा पनि पत्रकारमाथि साङ्गतिक हमला र हत्या जस्ता कार्यलाई निरन्तरता पाउने बताउनुभयो।
यस्तै प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुङ्गानाले प्रमाणसहित भिडियोहरू सामाजिक सञ्जालमा छत्ताछुल्ल भएपनि सरकारले दोषीलाई कारबाही गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सरकारले घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो।
कार्यक्रममा जनजाति पत्रकार महासङ्घ भक्तपुरका सचिव दीपक श्रेष्ठ नेवा पत्रकार राष्ट्रिय दबु रामगोपाल तमखुले महासंघले गरेका आन्दोलनका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउने बताएका छन्। कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले दिवंगत पत्रकार सुरेश रजकले चार महिनासम्म पनि तलब नपाएको कुरा बाहिरिएको भन्दै मिडिया मालिकहरूले सुरेश रजकलाई अत्याचार गरेको समेत बताउनुभाे ।
संविधानले नै पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गरेको भन्दै संविधान विपरीत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने माग राख्नुभयो। कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आचार्यले घटनालाई बङ्गाउन विभिन्न खालको भिडियोहरू सामाजिक सञ्जालमा आएको भन्दै पोस्टमार्टम नै नगरिएका सुरेश रजकको प्रहरीले नै हत्या गरेको भन्दै भिडियो आएकोप्रति आपत्ति जनाउनुभएकाे छ।
नेपाल पत्रकार महासङ्घले फिल्ममा खट्ने पत्रकारको सुरक्षाको निम्ति पनि चासो दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले घटनाको सत्यतथ्य छानबिन गरी सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत माग गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार पुष्करराज बुढाथोकीले पत्रकारको पेशागत हक अधिकार सुनिश्चितताको लागि पत्रकार महासङ्घ जुनसुकै अवस्थामा लड्न तयार हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी भएको थियो।
Open photo

यो पनि पढ्नुहोस्

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा, घर–घरको कथा भएको दर्शकको प्रतिक्रिया

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा, घर–घरको कथा भएको दर्शकको प्रतिक्रिया

२ मिनेट अगाडि
सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक