शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजालाई भारतले प्रयोग गर्न खोजियाे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्वराजालाई भारतले प्रयोग गर्न खोजियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भारतको काम नेपाललाई अस्थिर र कमजोर पार्ने अनि फाइदा लिइराख्ने आरोप लगाएका छन् ।

एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै उनले नेपाललाई अस्थिर र गन्जागोल बनाइराख्ने र त्यसबाट फाइदा लिइराख्ने भारतको नीति रहेको जनाए ।

‘राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही हो । यसका लागि पूर्वराजालाई प्रयोग गर्न खोजिएको छ, लफंगाहरूलाई प्रयोग गर्न खोजिएको छ,’ उनले भने ।

उनले मुलुकमा आतंक फैलाएर जनतालाई आतंकित पार्ने षड्यन्त्र सुरु भएको पनि जनाए । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको जनाउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको उनको धारणा थियो । ‘पश्चगामी तत्वले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेका छन्,’ उनले भने, ‘यो सामान्य कुरा होइन, यसलाई निस्तेज पार्न गणतन्त्रवादी एकढिक्का बन्नुको विकल्प छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले ‘सुखी नेपाल, समृद्ध नेपाली’ को नारालाई बदनाम गरेको जनाए । ‘सुखी नेपाल, समृद्ध नेपालीको सार छाड्नु भो, अहिले नारा मात्रा बोकेर हिँडिरहनुभएको छ,’ उनले भने । चुच्चे रेल, भ्यु टावर, पानीजहाजजस्ता हावादारी गफमा जनता अलमलिएको बताउँदै उनले थपे, ‘मूलभूत कमजोरी त्यहीँ भयो ।’

जनताका छोराछोरीले पढ्न पाउँछन्, स्वास्थ उपचार हुन्छ, काम गरेर यही बाँच्न पाउने अवस्था हुन्छ भन्ने कुराको ग्यारेन्टी नभएसम्म पुनर्उत्थानवादी र पपुलिस्टहरूलाई रोक्न सकिने र गणतन्त्रलाई बलियो बनाउन नसकिने भुसालले जनाए ।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

७ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक