चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति नेपालका विभिन्न जिल्लाका नेवाःहरुका साथै र विश्वका विभिन्न मुलुकमा बस्दै आएका नेवाः समुदायले संयुक्त रुपमा चैत्र १५ गतेको घटनलाई लिएर सामुहिक विज्ञप्ति जारी गरेको छ ।
मंगलवार नेपालभाषा, अंग्रेजि भाषा र नेपाली भाषा गरी तीनवटै भाषामा उक्त विज्ञप्ति प्रकाशित गरेको हो । विज्ञप्तिमा चेत्र १५ गतेको घटनाहरुको समग्र पक्षहरुमा पारदर्शी अनुसन्धान सहित घटना घटाउने तथा घटना घटाउन उक्साउने सबै पक्षलाइ यथोचित दन्ड सहित पिडितहरु सबैलाप उचित क्षतिपुर्ति ब्यवस्था गर्न माग गरिएको छ ।
न्याम्ह नेवाको समुहगत अगुवाइमा विज्ञप्तिमा भनिएको छ ‘आदिवासी नेवाः समुदायको आदिभूमि नेपाःगाः अर्थात स्वनिगः (काठमाँडौ उपत्यका) मा गत शुक्रबार ने.सं. ११४५ चिल्लागा पाहाँचह्रे अर्थात चैत्र १५, २०८१० भएको दंगा, हिंसा र अराजक गतिविधिको क्रममा दुइजना होनहार नेवाः यूवाहरु सबिन महर्जन र सुरेश रजकलाइ हत्या गरिदिएको प्रति हाम्रो गम्भीर दुख ब्यक्त गर्दै उक्त घटनाको सन्दर्भमा पारदर्शी छानबिन गर्न तथा दोषीहरुलाइ हदैसम्मको कारवाहि गरी पिडितहरुलाइ न्याय दिन हाम्रो आग्रह छ। सबिन महर्जन ड्राइभर पेशा यातायात व्यवसाय गरी सामान्य मध्यमस्तरीय जीवनयापन गरीरहेका कर्मशील यूवा हुन।
निशस्त्र यूवामाथि अनावश्यक रुपमा गोली चलाउन आदेश दिने तथा निहत्त्था माथि अविवेकपूर्ण तरीकाले गोली चलाउने दोषीको पहिचान गरी कानूनी कारवाहि गरिनु पर्छ सुरेश रजक पत्रकारीता पेशाको क्रममा सबैलाइ घटनाको यथार्थ जानकारी दिन समाचार संकलनमा रहँदै गर्दा अराजक जत्थाले आक्रमण गरी आगलागी भएको कोथामा थुनिदिएपछि जिउँदै जलेर मृत्यु भएको हो।
यस घटनाको सत्त्यतथ्य छानबीन गरी यस्तो अमावनीय नियोजित हत्याको दोषि पहिचान गरी हदै सम्मको सँजाय र कारवाहि गरिनु पर्छ। त्यसबाहेक नेवाः कानून व्यवसायी राज सुवाल तथा प्रेम श्रेष्ठको कार्यालय जलाइ विगत २५–३० वर्ष देखिका महत्त्वपूर्ण कागजी अभिलेखहरु नष्ट गरीएको, तथा अन्य थुप्रै स्थानहरुको तोडफोड, आगजनी, लुटपाट जस्ता भौतिक क्षतिहरु पनि थुप्रै गरिएको छ।
राजनीतिक परिवर्तनको नाउँ दिएर हुने यस्ता हिंसात्मक र अराजक गतिविधिहरुको शिकार निर्दोष नेवाःसमुदायले कतिञ्जेल भोग्नु पर्नेरु नेवास्समुदायलाइ बलि चढाएर सत्ता र भत्ताको राजनीति गर्ने हरकत स्वीकार्य कदापि हुने छैन।
बिग्रे भत्केको भौतिक साधन क्षतिपुर्ति गरी नयाँ बनाउन सकिएला, तर अनावश्यक हमलामा पारी ज्यान लिने हत्या श्रृंखलाको क्षतिपुर्ति संभव छ ?
यी घटनाहरुको समग्र पक्षहरुमा पारदर्शी अनुसन्धान सहित घटना घटाउने तथा घटना घटाउन उक्साउने सबै पक्षलाइ यथोचित दन्ड सहित पिडितहरु सबैलाप उचित क्षतिपुर्ति ब्यवस्था गर्नलाइ हामी जोडदार माग गर्दछौं।’ न्याम्ह नेवाको समुहगत अगुवाइमा यस विज्ञप्ति प्रति हामी निम्म व्यक्तिहरुको पूर्ण ऐक्यबद्धता जनाउनेहरु यस प्रकार छन्ः १) डा. शान्तवीर सिंह तुलाधर, २) त्रिभुवन तुलाधर, ३) लाभरत्न तुलाधर, ४) डा. विजय सैंजु, ५) डा. लक्ष्मी भक्त शिल्पकार, ६) भिक्षु आनन्द, ७) श्रीकृष्ण महर्जन नेवाः, ८) डा. रोशन श्रेष्ठ, ९) शान्त प्रकाश श्रेष्ठ, १०) कमल प्रसाद श्रेष्ठ, ११) कस्तुरी श्रेष्ठ, १२) योगेन्द्र श्रेष्ठ, १३) द्रबिन कर्माचार्य, १४) राम शरण मानन्धर, १५) अमिर महर्जन, १६) देवराज महर्जन, १७) डा. प्रसन्नलाल अमात्य, १८) जीवन पति श्रेष्ठ, १९) सुमन श्रेष्ठ, २०) गंगा बहादुर नेम्कुल, २१) अरुण रंजितकार, २२) सुदय शिलाकार, २३) नरेश नेवाः