शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अराजकको संयुक्त प्रतिवाद

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
अराजकको संयुक्त प्रतिवाद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार सम्पन्न गणतन्त्र पक्षधर राजनीतिक दलको बैठकले पछिल्लो समय जारी अराजक प्रदर्शन, आगजनी र लुटपाटको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको निष्कर्ष निकालेको हो । साथै सबै दलका नेता अराजक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन सहमत भएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले पूर्वराजा शाहको गतिविधि षड्यन्त्रपूर्ण रहेको निष्कर्ष सबै दलले निकालेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले पूर्वराजा शाहले राजनीतिक दलको उदारतालाई कमजोरीका रूपमा लिएको तर्क गर्दै देशमै शान्तिपूर्ण रूपमा रहने अवस्था सिर्जना गरिए पनि ‘राजा’ कै रूपमा वक्तव्य दिने र अराजकता मच्चाउने प्रयास गरेकाले कानुनतः कारबाही गर्न सरकारलाई सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूलाई राजा ठानेर वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सिधै ठगीधन्दा हो । त्यस कारण पूर्वराजा शाहलाई आवश्यक संवैधानिक कानुनी दायरामा ल्याउन सुझाव दिएको छु ।”

‘ज्ञानेन्द्रका गतिविधि षड्यन्त्रपूर्ण’

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका प्रयास र पछिल्ला गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले संविधानविरोधी गतिविधिका सन्दर्भमा कानुन अनुरूप अघि बढ्न सरकार प्रस्ट रहेको पनि बताउनुभयो ।

गृहमन्त्री लेखकले गणतन्त्र पक्षधर दलको बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था र अहिलेको संविधानका विरुद्धमा षड्यन्त्रमूलक गतिविधि भइरहेको सन्दर्भमा समीक्षा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नागरिकको लामो सङ्घर्ष र बलिदानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन, समावेशिता र अहिलेको संविधान प्राप्त गरेको हो र यो संविधानको रक्षा गर्ने सन्दर्भमा हामी सबै एकमत छौँ ।”

उहाँले भन्नुभयो, “तर पछिल्लो समय गणतन्त्र उल्ट्याउने, संविधानलाई समाप्त गर्ने गतिविधि भएका छन् । यो षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने कुरामा सबै दलको एकमत रह्यो ।”

गृहमन्त्री लेखकका अनुसार पछिल्लो समय भइरहेका संविधान र गणतन्त्रविरोधी गतिविधिका सन्दर्भमा बैठकमा समीक्षा भएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र पक्षधर नेता र पार्टी कार्यालयमा आक्रमण भयो । अमर्यादित रूपमा घटना भएको छ । सबै दलका नेताले  यसको भत्र्सना गर्नुभयो र यस्ता आपराधिक घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्नु पर्छ भन्नेमा सबै दल एकमत रह्यौँ ।”

‘गणतन्त्रविरोधी कार्य क्षम्य हुँदैन’ 

गृहमन्त्री लेखकले संविधानविरोधी कुनै गतिविधि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध हुने क्रियाकलापलाई सहन नगरिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यस्ता गतिविधि क्षम्य हुने छैन । यस्ता गतिविधिका बारेमा कडाभन्दा कडा कारबाही हुन्छ ।”

माओवादी केन्द्रका उपमहासचिव बस्नेतले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरण ल्याउन र अराजक प्रवृत्ति नियन्त्रण गर्न संवैधानिक बाटोबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र गणतन्त्र प्रतिकूल गतिविधि भइरहेका छन्, यसको निरूपणका लागि कानुनी बाटो खोज्ने कुरा सरकारले जे गरिरहेको छ, आफ्नो ठाउँमा ठिक छँदै छ । तथ्यका आधारमा कारबाहीको प्रक्रियामा सरकार अघि बढोस् भन्ने कुरा हामीले राखेका छौँ ।”

उहाँले कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता राजनीतिक दल र सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अझ जिम्मेवारीपूर्वक कमजोरी सुधारेर, कमजोरी सच्याएर अघि बढ्नु पर्छ । प्रधानमन्त्रीले पनि गैरसंवैधानिक गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र सबै गणतन्त्र पक्षधर राजनीतिक शक्तिबिच सहकार्य हुनुपर्ने बताउनुभयो । संविधान र गणतन्त्रको रक्षार्थ सबै राजनीतिक दल एकमत भएका छौँ ।”

गोरखापत्र

यो पनि पढ्नुहोस्

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

१० मिनेट अगाडि
सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक