एजेन्सी । म्यानमारमा शुक्रबार बिहान करिब १२ बजे गएको ७.७ रेक्टरस्केलको शक्तिसाली भूकम्प र त्यसपछि लगातार आएका पराकम्पका कारण ज्यान गुमाउनेहरूको संख्या उल्लेख्य हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भूकम्पको झट्का म्यानमा र थाइल्यान्डसँगै भारत, बंगलादेश र चीनसम्म महसुस गरिएको थियो। युनाइटेड स्टेट जियोलोजिकल सर्वे (युएसजिएस)का अनुसार भूकम्पमा मर्नेहरूको संख्या १० हजार भन्दा बढी हुन सक्नेछ।
यद्यपि म्यानमारको सैन्य सरकाले अहिलेसम्म कम्तीमा १ सय ४४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। त्यस्तै ७ स य ३२ जना घाइते भएका जनाएको छ।
त्यस्तै थाइल्यान्डको राजधानी बैंककमा ३० भन्दा धेरै निर्माणाधीन भवनहरू भत्किएका जनाइएको छ। यी भवनहरूमा ४०० भन्दा बढी कामदारहरू कार्यरत रहेको र अहिलेसम्म १ सय १० जना बेपत्ता रहेको जनाइएको छ।
अहिलेसम्म थाइल्यान्डमा १० जनाको मृत्यु भएको छ। थाइल्यान्डले भूकम्पपछि राष्ट्रिय संकटको घोषणा गरेको छ।
पाँच देशमा महसुस गरिएको शक्तिशाली भूकम्प गएको १२ मिनेटपछि अर्को ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसपछि पनि निरन्तर साना पराकम्पहरू गइरहेको जनाइएको छ।
यो भूकम्पको घटनापछि म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय समुदायसँग राहत र उद्दारका लागि सहयोग गर्न आग्रह गरेको छ। यसअघि २०२१ मा ६.२ र ६.४ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो।