काठमाडौं, १५ चैत काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१४ चतुरे बस्ने ४० वर्षीया बेली तामाङ आफनै घर नजिकै बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
पर्सा, वीरगंज महानगरपालिका-४ बिर्ता टोल डेरा गरी बस्ने सोही महानगरपालिका- ९ घर भएकी ७६ वर्षीया विष्णु माया गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।