काठमाडौं । काठमाडौंको तीनकुने, जडिबुटी कोटेश्वर लगायतका स्थानमा राजतन्त्र समर्थकद्वारा आयोजित आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमणका घटनाहरूप्रति हामी गहिरो चिन्ता व्यक्त गर्दछौ“ ।
यस आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको एक घरमा लगाइएको आगोको चपेटामा परि दुःखद निधन भएको घटनाले सम्पूर्ण पत्रकारिता जगतलाई स्तब्ध बनाएको छ। पत्रकार रजकको निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, दोषीमाथि कारबाहीको माग गर्दछौँ । यस प्रकारका हिंसात्मक आक्रमणहरू प्रेस स्वतन्त्रतामाथिको गम्भिर प्रहार हो । जसको जति भत्र्सना गरेपनि पुग्दैन । आगलागी भएको घरमा पत्रकार फसेकोबारे जानकारी पाउँदा पनि उद्धारको प्रयास समेत नहुनुमा राज्यको असंवेदनशीलता देखिन्छ ।
यसै क्रममा कान्तिपुर टेलिभिजनको कार्यालयमा भएको तोडफोड, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको कार्यालयमा गरिएको आगजनी प्रयास, हिमालयन टेलिभिजनको गाडीमा भएको तोडफोड, अनलाइनखबरमा कार्यरत पत्रकार दिनेश गौतममाथि भएको आक्रमण तथा अन्य धेरै सञ्चारकर्मीहरूमाथि भएको हातपात तथा हिंसात्मक गतिविधिहरू प्रेस स्वतन्त्रताको मर्ममाथि गम्भिर आघात पुर्याउने कार्यहरू हुन्।
स्वतन्त्र पत्रकारिता कुनै पनि लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधारशिला हो ।
पत्रकारहरूको सुरक्षामा आँच आउने कुनै पनि गतिविधि अस्वीकार्य छ, र यस प्रकारका घटनाहरूको तुरुन्त निष्पक्ष छानबिन गरि दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।
हामी सम्पूर्ण पत्रकार, सञ्चार माध्यम तथा नागरिक समाजलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न तथा पत्रकारहरूको सुरक्षाका लागि आवाज उठाउन एकजुट हुन आह्वान गर्दछौँ ।