काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।
शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजाले विगतमा गरेको गल्तीको परिणाम अहिले भोगिरहेको र अर्को गल्ती गरे भोग्न केही बाँही नरहने धम्की दिएका हुन् ।
सम्बोधनका क्रममा प्रचण्डले भने, ‘नेपाली जनताको र नेपालका राजनीतिक दलहरुको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने प्रयास नगरियोस् ।
मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ, विगतमा उनले धेरै गल्ती गरे र त्यो गल्तीको परिणाम उनले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन, खबरदार ।’