भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस पकेट नजिकै रहेको कस्मिक बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ६५ हजार रूपैयाँ, ल्यापटप १ थान लगायतका सामान गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।