सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जलमार्गमा प्रवेश हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जलमार्गमा प्रवेश हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
वासिङ्टन । सन् २०३० सम्म कोका-कोलाका उत्पादनहरूले प्रत्येक वर्ष विश्वको महासागर र जल क्षेत्रमा अनुमानित १.३३ अर्ब पाउन्ड (छ लाख दु्ई हजार मेट्रिक टन) प्लास्टिकजन्य फोहर प्रवेश गर्ने देखिएको एक गैरनाफामूलक संस्था ओसियानाद्वारा बुधबार सार्वजनिक एक एक विश्लेषणात्मक अध्ययनले देखाएको छ । यो एक करोड ८० लाख ह्वेलको पेट भर्न प्रयाप्त हुने प्लास्टिक हो ।

वैज्ञानिकहरूले क्यान्सर, बाँझोपन, मुटुरोग र अन्य रोगसँग जोडेका माइक्रोप्लास्टिक्स (प्लास्टिकका साना कण)को फैलावटले निम्त्याएको मानव स्वास्थ्य जोखिमबारे बढ्दो चिन्ताका बीच यो रिपोर्ट आएको हो । “कोका-कोला विश्वमा पेय पदार्थको सबैभन्दा ठूलो उत्पादक र बिक्रेता हो यसकारण समुद्रको प्रदूषणको चर्चा गर्दा यसको प्रभावबारे छलफल गरिनु वास्तवमा महत्त्वपूर्ण बिषय हुनेछ,” “कर्पोरेट प्रदूषकहरूलाई लक्षित गरी ओसियानाको अभियानको नेतृत्व गर्नुभएका म्याट लिटलजोनले भन्नुभयो ।

सन् २०२४ मा साइन्स एड्भान्समा प्रकाशित एक अध्ययनअनुसार विश्वको शीर्ष ब्रान्डेड प्लास्टिक प्रदूषकको रूपमा कोका-कोला रहेको छ भने त्यसपछि पेप्सीकोला, नेस्ले, डानोन र अल्ट्रिया छन् । ओसियानाको अनुमान सन् २०१८ देखि २०२३ सम्मको कोका-कोलाको सार्वजनिक रूपमा रिपोर्ट गरिएको प्याकेजिङ डाटामा आधारित छ र योे बिक्री वृद्धिको पूर्वानुमानसँग मिलेर ‘व्यवसाय-जस्तै-सामान्य’ परिदृश्य सिर्जना गर्दछ ।

परिणामः कम्पनीको प्लास्टिक प्रयोग २०३० सम्ममा वार्षिक ४.१३ मिलियन मेट्रिक टन (९.१२ बिलियन पाउन्ड) भन्दा बढी हुने अनुमान गरिएको छ । उक्त प्लास्टिकको कति भाग जलीय पारिस्थितिक प्रणालीमा पुग्नेछ भन्ने अनुमान गर्न अनुसन्धानकर्ताहरूले वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले विकास गरेको र सहकर्मी-समीक्षा विधि प्रयोग गरी सन् २०२० मा एकेडेमिक जर्नल साइन्समा प्रकाशित १.३३ अर्ब पाउन्डको अनुमान गरेका थिए । यो लगभग २२० अर्ब आधा लिटर बोतल बराबर हो ।

ओसियानाले यो आश्चर्यजनक आकृतिलाई कम गर्नको लागि स्पष्ट समाधानका रूपमा पुनः प्रयोज्य प्याकेजिङ सामान फिर्ता ल्याउनु नै रहेको ठहर गर्छ । ती चाहे पुनः पूयोग गर्न सकिने ग्लास बोतल होस् या प्लाष्टिक बोतल । सामान्यतया ग्लास बोतललाई ५० पटक पुनः प्रयोग गर्न सकिन्छ भने मोटा पेट प्लास्टिक कन्टेनर (बोतल)लाई पुनः २५ पटक प्रयोग गर्नसकिने गरी बनाइएको हुन्छ ।

-पुनः उपयोग प्रतिज्ञाबाट टाढा हुँदै-

कोका-कोलास्वयंले सन् २०२२ मा पुनः प्रयोज्य प्याकेजिङ ‘फोहर कम गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये एक’ भएको स्वीकार गरेको थियो र सन् २०३० सम्ममा २५ प्रतिशत पुनः प्रयोग योग्य प्याकेजिङ पुर्याउने लक्ष्यमा प्रतिबद्ध थियो । डिसेम्बर २०२४ मा जारी गरिएको यसको नवीनतम स्थिरतासम्बन्धी मार्गदर्शनमा त्यो प्रतिज्ञालाई सुटुक्क हटाइएको छ ।

कम्पनीको अद्यावधिक लक्ष्यहरूमा पुनः प्रयोज्य प्याकेजिङको सट्टा पुनःनवीनीकरण सामग्रीको प्रयोग र सङ्कलन दरहरू बढाउनमा ध्यान केन्द्रित गरेको छ । यसले सोडा बोतलहरूको पुनः प्रयोग वा प्रशोधन र उपभोक्ताको बानी परिवर्तन महत्त्वपूर्ण चुनौती भएकोतर्फ जोड दिएको छ । पर्यावरणीय पक्षधरहरूले यसले प्रायः संकटको जडलाई सम्बोधन गर्नुको सट्टा उपभोक्ताहरूलाई दोष दिने काम गरेको भन्दै लामो समयदेखि पुनः प्रयोग वा प्रशोधनमा अति निर्भरताविरुद्ध चेतावनी दिँदै आएका छन् ।

“पुन प्रयोग गर्ने तरिका राम्रो हो, मलाई गलत नठान्नुहोस्”, लिटलजोनले भन्नुभयो, “तर यदि तपाईं अधिक एकल-प्रयोग प्लास्टिक उत्पादन गर्ने र पुनः नवीनीकरणमा प्लास्टिक प्रयोग गर्न जाँदै हुनुहुन्छ भने यो एक समस्या हो ।” प्लास्टिक उत्पादन तेलमा निर्भर गर्दछ र यसले कर्पोरेट प्लास्टिक प्रयोगलाई जलवायु परिवर्तनको प्रत्यक्ष चालक बनाउँदछ । तैपनि, आशा गर्न लायक कारण के छ भने कोका-कोलाले ब्राजिल, जर्मनी, नाइजेरिया र दक्षिणी टेक्सासजस्ता संयुक्त राज्य अमेरिकाका केही भागहरूमा समेत ठूलो मात्रामा रिफिलेबल प्रणालीहरू सञ्चालन गरिसकेको छ ।

“तिनीहरूसँग कुनै पनि पेय कम्पनीको सबैभन्दा ठूलो पुनः प्रयोज्य पूर्वाधार छ, र उनीहरूसँग यसलाई बढाउन र बाँकी उद्योगको लागि बाटो देखाउने क्षमता छ,” लिटलजोनले भन्नुभयो । कोका-कोलाका प्रवक्ताले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “कम्पनीको प्रयास हाल अधिक रिसाइकल गरिएका सामग्रीहरू प्रयोग गर्न र सङ्कलन प्रणालीमा सुधार गर्नमा केन्द्रित छ । हामी लगानी गरिरहेका छाँैं र हाम्रो पुनः भर्ने प्याकेजिङ विकल्पहरू विस्तार गर्न प्रतिबद्ध छौँ र यो काम हाम्रो उपभोक्ता केन्द्रित रणनीतिको भागको रूपमा जारी रहनेछ । एएफपी

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

३ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक