काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ ।
सोमबार तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबारको तुलनामा सुन आज २०० रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि चाँदीको मूल्यमा स्थिर थियो ।