मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१ अर्ब ३७ करोड टाउकाको मोल तोकिएका हक्कानी अमेरिकाका मित्र

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
१ अर्ब ३७ करोड टाउकाको मोल तोकिएका हक्कानी अमेरिकाका मित्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी सेनाको बलियो उपस्थितिलाई नाकाम सावित गर्दै विद्रोही तालिबानले सन्‌ २०२१ अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलको सत्ता कब्जा गर्‍यो ।

कट्टरपन्थी इस्लामिक समूह तालिबानको शक्तिको प्रमुख आधारमध्ये एक थियो – हक्कानी नेटवर्क !

सोही हक्कानी नेटवर्कका नेता सिराजुद्दिन हक्कानीले अमेरिकी सेनालाई लडाइँको मैदानमा हराबरा खेलाएका थिए ।

व्यापक जमिनी र हवाई आक्रमण गर्दासमेत तालिबानलाई कमजोर पार्न नसकेपछि सिराजुद्धिनका हकमा अमेरिकाले व्यक्ति हत्याको बाटो समात्यो ।

उनको टाउकाको मोल एक करोड अमेरिकी डलर (आजको विनिमयदर अनुसार नेपाली रुपैयाँ एक अर्ब ३७ करोड) तोक्यो ।

तालिबानलाई काबु्लको सत्तामा आमन्त्रण गराएर अफगानिस्तान छाडेको चार वर्ष बितिसक्दा पनि हक्कानी नेटवर्कका नेता सिराजुद्दिन अमेरिकी यु्द्धखेलको मोलमोलाइमा रहे । जब कि हक्कानी यसबीच निमित्त आन्तरिक मामिलामन्त्री र निमित्त विदेशमन्त्री भइसकेका छन्‌ ।

तर, हक्कानीविरुद्ध अबलाई अमेरिकी नीति बदलिएका समाचार सार्वजनिक भएका छन्‌ । काबुलमा तालिबान अधिकारीहरूले हक्कानी नेटवर्कका नेताहरू सिराजुद्दीन हक्कानी, अजीज हक्कानी र याह्या हक्कानीमाथि राखेको ‘इनाम’ हटाएको बताएका छन्‌ । तर, अमेरिकी अधिकारीहरूले हालसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन्‌ ।

रोयटर्समा प्रकाशित रिपोर्ट अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले सिराजुद्दीन हक्कानीमाथि राखेको एक करोड डलर बराबरको इनाम हटाएको तालिबानी अधिकारीले जनाएका हुन्‌ ।

सत्ता सुम्पिएर अफगानिस्तानबाट बाहिरिँदा देखि नै अमेरिकाले तालिबानप्रति सङ्दिग्ध व्यवहार देखाउने गरेको छ । कबिला संरचनाको लडाकु जत्थासँग थप भिड्न नचाहेको अमेरिकाले तालिबानलाई ‘खटाएर’ प्रतिबन्ध फुकुवा गर्ने गरेको छ ।

यसअघि पनि अमेरिकी निर्णयको जानकारी वासिङ्टनले भन्दा अगावै तालिबानले दिने गरेको थियो । यसपटक पनि सिराजुद्दीन लगायत तालिबान नेताविरुद्ध हटाएको मूल्यको जानकारी तालिबानले नै दिएको छ ।

जब कि अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआइ)को वेबसाइटमा अहिले पनि अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीको मोल एक करोड डलर नै रहेको उल्लेख छ ।

एफबीआइको वेबसाइटमा ‘अफगानिस्तानमा अमेरिका र गठबन्धन बलविरुद्ध हक्कानीले सीमापार आक्रमणमा भाग लिएका’ लेखिएको छ । सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजीज हक्कानी र याह्या हक्कानी पनि अमेरिकी खोजी सूचीमै छन्‌ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बन्दी जीवन बिताइरहेका अमेरिकी नागरिकको रिहाइ सुनिश्चित प्रयास गरिरहेको छ । यस निम्ति तालिबान र अमेरिकाबीच ‘लेनदेन’ हुनैपर्छ । हक्कानी नेटवर्कका नेताहरूको मोल हटाउनु र तालिबानमाथिका अनेक प्रतिबन्ध फुकुवा गर्नु अमेरिकाका लागि बाध्यकारी छ ।

अफगानिस्तानमा दुई दशकभन्दा लामो समयसम्म चलेको लडाइँमा दुई हजारभन्दा धेरै अमेरिकी सेनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि
१० सशस्त्र इस्लामवादी उग्रवादीको हत्या

१० सशस्त्र इस्लामवादी उग्रवादीको हत्या

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक