काठमाडाैं । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक भएको छ ।
सिंगापुर राष्ट्रिय रंगशालामा हुने सिंगापुरविरुद्धको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
सिंगापुरविरुद्धको खेलमा कप्तानको जिम्मेवारी किरण चेम्जोङले नै सम्हाल्नेछन् । नेपालको डिफेन्स लाइन सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ र सुमित श्रेष्ठले सम्हाल्ने भएका छन् ।
यस्तै, मिडफिल्डको जिम्मेवारी एरिक विस्ट, आयुष घलान, मनिष डाँगी र रोहित चन्दले सम्हाल्नेछन् । फरवार्डको जिम्मेवारी भने जिलेस्पीजङ्ग कार्की र अन्जन विस्टले सम्हाल्नेछन् ।
नेपाल र सिंगापुर ३६ वर्षपछि आमनेसामने हुन लागेका हुन् । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपालले २५ मार्चमा एएफसी छनोटअन्तर्गत मलेसियाको सामना गर्नेछ ।
यसका साथै एन्जल श्रेष्ठ, दीप कार्की, विमल पाण्डे, रन्दिप पौडेल, रोहन कार्की, लाकेन लिम्बू, सुवास बम ठकुरी, अभिषेक लिम्बू, कृतिस छुन्जु, भरत खवास, रेजिन सुम्बा र मणिकुमार लामा बेन्चमा रहनेछ ।