आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारमा जाने कुनै नीति नलिएको प्रचण्डकाे प्रष्टीकरण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारमा जाने कुनै नीति नलिएको प्रचण्डकाे प्रष्टीकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको स्पष्ट पारेका छन्। राजावादीहरू सलबलाएपछि कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकार बन्ने चर्चा भइरहेका वेला उनले यस्तो जनाएका हुन्।

जसपा नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले भ्रष्टाचारी जोगाउन बनेको सरकारसँग मिलनविन्दु नदेखेको जनाए।

उनले सत्तारुढ दलका नेतृत्वसँग संक्रमणकालीन न्यायलगायत अन्य विषयमा कुराकानी भएको तर सरकारबारे कुनै कुराकानी नै नभएको जिकिर गरे।

 प्रचण्डको धारणा यस्ताे छ –

हिजो अस्तिदेखि सरकार बनाउनतिर लागे भन्ने चर्चा भइरहेको छ। ल अब कांग्रेस, एमाले र माअ‍ेवादी मिलेर सरकार बनाउने भए अरे भनेर सामाजिक संजालमा चर्चा र टेलिफोनमार्फत सोधखोज भइरहेको भन्ने छ तर म आज भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ‚ लिँदैनौँ पनि।

देशमा संकट आइलाग्यो भने हामीले कसरी समाधान गर्ने भनेर हामी आफ्नो विचार त दिन्छौँ नै तर यही सरकारमा गएर हामी पनि त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन। औपचारिक कुरा भएको पनि छैन।  अन्य विषयमा कुरा हुन्छ गर्नु पनि पर्छ‚ टीआरसीलगायत विषयमा। तर सरकार बनाउने बारेमा हामी बिलकुल छैनौँ।

फेरि हामीले राम्रो गर्न खोज्दाखोज्दै, भ्रष्टाचारविरुद्ध अभियान अघि बढाउँदा बढाउँदै, सामाजिक न्यायको पक्षमा केही राम्रा शुरुवात गर्दागर्दै, आर्थिक संकटबाट देशलाई बचाउन अघि बढ्दाबढ्दै भ्रष्टाचारीलाई बचाउन यो सरकार बनेको हुनाले सरकारप्रति हाम्रो शुरुमा नै ठूलो विमति भएको छ। भ्रष्टलाई रोक्ने पक्षमा हामी भयौँ, अहिलेको सरकार त्यसलाई बचाउने भएपछि अहिले हामीले सरकारको विषयमा मिलनविन्दु देखेका छैनौँ। त्यसकारण यो भ्रम कसैलाई नरहोस्।

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

२० घण्टा अगाडि
साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक