काठमाडौं । मंगलबार बिहान ८ बजेदेखि सुरू भएकाे स्ववियु निर्वाचन अन्तर्गत पुल्चोक क्याम्पसमा १७ सय मत खसेको छ ।
सहायक क्याम्पस प्रमुख राम एकवाल यादावले जनाए अनुसार साढे १ बजेसम्म १ हजार ७०० मत खसेको खबर प्राप्त भएकाे हो । ‘मतदान अझै ४ बजेसम्म जारी रहने उनले भने ।
पुल्चोकमा मतदातको संख्या ३ हजार ८०७ जना रहेका छन् ।
क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ ।
मतदान सकिएको केही घण्टामा नै नतिजा आउने यादवले जनाए ।