काठमाडौं । नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शनमा उत्रिएको छ । आरआरमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले प्रतिकूल अवस्था सृजना भएको भन्दै निर्वाचन स्थगित गरेको थियो ।
स्थगित निर्वाचन तोकिएको मितिमै हुनुपर्ने माग गर्दै नेविसंघले क्याम्पस अगाडि प्रदर्शनसहित नाराबाजी गरेको छ ।