बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेती लोकमार्गको काम चाडै सुरु नगरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने सांसद आलेको चेतावनी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सेती लोकमार्गको काम चाडै सुरु नगरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने सांसद आलेको चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।   प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सेती लोकमार्गको निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदाहुँदै पनि वन मन्त्रालयले कानूनी अड्चन देखाएर काम अवरुद्ध बनाएको बताउनुभयो ।

सेती लोकमार्ग कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने ३२० किलोमिटर लामो सडक भएको र यस सडकले सुदूरपश्चिमका जनताका लागि विकासको कोशेढुङ्गा सावित हुने सांसद आलेको दाबी छ ।

डोटी खण्डको ४० किलोमिटर सडकका लागि २०७९ मंसिर १९ गते रु ६५ करोडको ठेक्का सम्झौता भए पनि दुई वर्ष बितिसक्दा समेत वन मन्त्रालयको अनुमति नआउँदा सडक निर्माण कार्य अघि बढ्न सकेको र ठेकेदारले स्काइभेटर मेसिनसहित तयारी अवस्थामा राखे पनि काम सुचारु हुन नसकेको सांसद आलेले बताउनुभयो ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले सेती लोकमार्गको डोटी खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको थियो । सोही अनुसार वन डिभिजनले ८० हेक्टर वन क्षेत्र प्रयोग गर्न २,७८५ वटा रुख हटाउने संख्यासहित प्रक्रिया अघि बढाए पनि रु ४० करोड बजेट अभावका कारण कार्य रोकिएको बताइन्छ । त्यस्तै, गत मंसिर ६ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भौतिक मन्त्रालयको योजनाहरु सहज बनाउने निर्णय गरे पनि वन मन्त्रालयले सेती लोकमार्गको हकमा कार्यान्वयन नगरेको सांसद आलेले आरोप लगाउनुभयो ।

सांसद आलेले वन मन्त्रालयले विकास विरोधी रवैया अपनाउँदै कानूनी बहानाबाजी गरेको बताउनुभयो । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग र सडक विभागले तमोर करिडोरका लागि अनुमति पाए पनि सेती लोकमार्गलाई रोक्नु अन्यायपूर्ण भएको उहाँको भनाइ छ ।

“एकै मन्त्रालयका फरक योजनाहरूमा विभेद किन गरिएको ? सुदूरपश्चिमका जनतामाथि अन्याय किन ?” सांसद आलेले प्रश्न गर्नुभयो । उहाँले वन मन्त्रालयको अटेरी प्रवृत्तिले देशको विकास अवरुद्ध गरिरहेको बताउँदै तत्काल निर्णय नगरे यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।

सांसद आलेले आफुले वन मन्त्रालय सम्हालेको वेला पहिलेदेखि थन्काएर राखेका विकास र उद्योगसँग सम्बन्धित दर्जनौँ फायल झिकाएर तत्काल निर्णय गरेर त्यो समयमा समस्याको निकास दिएर विकासको गतिमा योगदान गरेको जानकारी गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण

२ दिन अगाडि
जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक