विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले विराटनगरमा आयोजित ‘वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज’ विषयक धार्मिक प्रवचनको उद्घाटन गर्नुभएको छ ।
सिटी पाटी प्यालेस, जहदा विराटनामा आयोजित कार्यक्रममा श्रीश्रीश्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजी महाराजज्यूले प्रवचन दिनुभएको थियो ।
श्रीलक्ष्मीनारायण मन्दिर, जीयर शैक्षिक संस्था, पीपल चोक, कञ्चनबारी, विराटनगर –४ ले आयोजना गरेको कार्यक्रम चैत्र १ गतेदेखि ५ गते सम्म हुनेछ । कार्यक्रमहरुमा अङ्कुरारोपण, अरणिमन्थन, अग्निप्रतिष्ठा, भगवानको सेवा आरधना, वेद इतिहास, पुराण, स्त्रोत्र, दिव्यप्रबन्धआदि पाठ पारायाण, चतुर्वेद हवन, तीर्थगोष्ठी, सामूहिक उपनयन, समाश्रयण, सामूहिक श्रीकृष्णपूजा, महापूर्णाहुति, कुम्भप्रोक्षण, वेदाशीर्वचनलगायतका कार्यक्रम रहेका छन् ।