काठमाडौं । काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा बस्ने पूर्ण कुमार श्रेष्ठको घरमा गए राति आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, गौरादह नगरपालिका-१ बस्ने रूकमणी पौडेलको घरमा शनिबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ छिहतरबिगाहा बस्ने एक बहादुर खप्तरी मगरको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, कञ्चनरूप नगरपालिका-४ कबिलासा बस्ने भागवत बिश्वासको गोठमा शनिबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल बिनायक टोल डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएकी ३५ वर्षीया बिमला गुरागाईको बा प्र-०२-०३८ प २९०६ नम्बरको ईलेक्ट्रिक स्कुटरमा चार्ज गर्ने क्रममा गए राति आगलागी हुँदा स्कुटर जलेर क्षति भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-७ सिफलस्थित चन्द्रागिरी नगरपालिका-१२ घर भएका ३७ वर्षीय नन्द कुमार तन्डुकारको ओमकार उड कार्भिङ प्रालिमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब २ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रोल्पा, सुनिल स्मृति गाउँपालिका-७ सस्पाधारा बस्ने ३९ वर्षीय लोक बहादुर पुनको घर र सोही ठाउँ बस्ने ४० वर्षीय हरि आलेको घरमा शनिबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब १८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।