चोभार/नेपाल राष्ट्रिय ज्ञानमाला समितिअन्तर्गत कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली उप–समितिको आयोजनामा प्रतिस्पर्धात्मक छैठौँ बृहत् ज्ञानमाला भजन प्रस्तुति सम्पन्न भएको छ।
चोभारस्थित आनन्दादी लोकेश्वर ज्ञानमाला भजन खलः च्वबहाःको व्यवस्थापनमा सम्पन्न प्रस्तुतिमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत तीनैजनाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।
तीनै नगरका उपमेयरहरुको समेत विशेष उपस्थिति रहेको कार्यक्रम भिक्षु भद्दिय महास्थविरद्वारा पञ्चशील प्रार्थना र धर्मदेशना गरेर शुरु गरिएको थियो। कुल बहादुर महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कीर्तिपुरका डा. बज्रमुनि बज्राचार्य, चन्द्रागिरि थानकोटका शंखलाल महर्जन र दक्षिणकाली फर्पिङका मोतिलाल महर्जनलाई सम्मान गरिएको थियो। त्यसैगरी सम्मानित हुनेमा देय् थकालीहरु स्थविर पुण्यराज शाक्य, आजुहरु जुजुभाई शाक्य, सानु शाक्य, इन्द्र बहादुर शाक्य, प्रकाश शाक्य, राजभाई शाक्य, ९१ वर्षीया थकालि मां छुनुमाया महर्जन, दबू बाजा खलःका धन बहादुर महर्जन, काहाँ बाजा गुरु भुयू महर्जन, दथुत्वाः बाजा खलःका नन्द बहादुर ग्वाः, लोकेश्वर धाः खलःका कजि बाबुकाजी शाक्य, बेखामाया डंगोल, धिरजमान डंगोल, बैकुण्ठलाल महर्जन, न्हुछे मान तुलाधर, शिवदास महर्जन, न्हुछे मान महर्जन, गोपिनन्द महर्जन, लतं महर्जन, सरे महर्जन र चक्रधन महर्जन हुनुहुन्छ।
आयोजककातर्फबाट सरोज शाक्य र नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठको स्वागत तथा गायनबाट शुरु गरिएको प्रतिस्पर्धामा तीनवटा नगरपालिकाका १९ वटा ज्ञानमाला भजन समितिहरु सहभागी भएको थियो । प्रतिस्पर्धीबाट डा. गौतम वीर बज्राचार्य, गायक प्रवेश मान शाक्य र सुरेन्द्र श्रेष्ठहरुको निर्णायक मण्डलले उत्कृष्ट छनोट र पुरस्कृत घोषणा गर्नुभएको थियो। कार्यक्रममा ज्ञानमाला भजन संग्रहको विमोचन पनि गरिएको थियो।