एजेन्सी । समाजिक सञ्जालमा विभिन्न खालका रोग तथा स्वास्थ्य समस्याहरुका घटना पढ्नु तथा देख्नु भएकै छ होला । एउटा यस्तै दर्दनाक मामिला अमेरिकामा देखिएको छ ।
त्यहाँ एक ४७ वर्षीया महिलाका सबै कपाल र दाँत झरेर सकिएका छन् । साथै अधबवैंशे उमेरमै उनको शरीरका अंग यतिधेरै बुढो तथा जीर्ण बनेका छन् की उनलाई मुटुको धमनी फेर्नुपर्ने आवश्यकता छ ।
ती महिलामा एउटा दुर्लभ बिमार छ । जसका कारण उनको उमेर अन्य मानिसको भन्दा १० गुणा तीव्र गतिमा बढिरहेको छ ।
टिफ्नी भेडेकाइन्डलाई हचिन्सन गिलफोर्ड प्रोजेरिया सिन्ड्रोम नामक उक्त दुर्लभ वंशाणुगत समस्या रहेको तथ्य उनी ३१ वर्षकी हुँदा नै पत्ता लागेको थियो । यो एउटा दुर्लभ तथा घातक जन्मजात रोग हो, जसका कारण मानिसहरुमा सामान्य उमेरभन्दा निकै अगाडि नै बुढ्यौली लाग्दछ ।
यो रोगबाट पीडित व्यक्तिको छाला कडा हुने, मुटु तथा हड्डीमा समस्या आउने, शारीरिक विकास रोकिने तथा अनुहार चराको जस्तो हुन थाल्दछ ।
योसँगै कपाल झर्न थाल्ने र अनुहार असमान्य रुपमा विकसित हुन थाल्दछ । दाँत पनि सडेर झर्न थाल्दछन् । कपाल झर्नु, हड्डी तथा जोर्नीमा समस्इाहरु देखिनु पनि यो रोगको लक्षण हुनसक्छ ।