काठमाडौँ / रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन्।
कुटपिटबाट देवकोटा घाइते भएका छन्।
कुटपिटमा परेका देवकोटाको उपचार जारी रहेको उनीनिकट विद्यार्थीले जानकारी दिएका छन्।
यसैबीच स्वतन्त्र विद्यार्थी समूहले देवकोटामाथि भएको आक्रमणको विरोध गरेको छ।
समूहका अनुसार अनेरास्वबियुका निराजन भट्ट र गोविन्द विष्टलगायतको समूहले देवकोटालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै महिला विद्यार्थी अफ्साना बानुमाथि दुर्व्यवहार गरेका थिए। घटनाका दोषीलाई कारबाही गर्न पनि सम्बन्धित पक्षसँग समूहले माग गरेको छ।