बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा अघि बढाइयाे

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा अघि बढाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा अघि बढाएको छ । प्रतिस्थापनको संवैधानिक समयसीमाको दबाबमा रहेको सरकारले प्रतिनिधि सभामा एर्कै दिन दुई बैठकबाट विधेयकको प्रक्रिया अघि बढाएको हो । प्रतिस्थापनमध्येका पाँच विधेयक बुधबार पहिलो बैठकमा पेस भएका छन् । यस्तै दुई विधेयकलाई संशोधन दर्ता प्रक्रियाका लागि सभाले स्वीकृत गरेको छ । चैत १८ गतेसम्म सङ्घीय संसद्का दुवै दिनबाट विधेयक पारित भई प्रमाणीकरणसमेत भइसक्नुपर्ने छ । अहिले प्रतिनिधि सभामा प्रक्रिया सुरु भएको छ । सबै प्रक्रिया राष्ट्रिय सभामा पनि दोहोरिने छन् ।

अध्यादेश स्वीकृत प्रक्रियामा ढिलाइ हुँदा सरकारले प्रतिस्थापन विधेयक ल्याउन सकेको थिएन । फागुन २२ र २३ गते गरी संसद्का दुवै सदनबाट अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । लगत्तै प्रक्रिया अघि बढाइएको थियो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कार्यबोझ व्यवस्थापनका हिसाबले विधेयकमध्ये दुई वटालाई संशोधन प्रक्रियामा पठाइएको बताउनुभयो । बाँकी तीन विधेयक चैत ३ गतेको बैठकबाट संशोधन प्रक्रियाका लागि अघि बढाउने तयारी छ । सरकारले मङ्गलबार नै विधेयक पेसको आग्रह गरे पनि प्रतिपक्षी दलले अस्वीकार गर्दा बुधबार मात्र प्रक्रिया अघि बढाइएको थियो ।

बुधबार सुशासन प्रवर्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारीसम्बन्धी विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको प्रस्तावमा सुशासनसम्बन्धी विधेयकलाई विचार गरियोस् प्रस्ताव पेस भएको थियो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको प्रस्तावमा विधेयकमाथि विचार गरियोस् प्रस्ताव पेस भएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण तथा लगानीसम्बन्धी विधेयक बुधबार पेस भए पनि संशोधन प्रक्रियामा अघि बढाइएका छैनन् ।

स्वीकृत विधेयकमा अब सांसदहरूले संशोधन दर्ताको समय पाउने छन् । प्रतिनिधि सभा नियमावलीको प्रावधान अनुसार विधेयकमा ७२ घण्टाभित्र सांसदले संशोधन दर्ता गर्नुपर्ने छ । संशोधन दर्तापछिको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने वा सभामै छलफलको प्रस्ताव पेस हुने छ । समयसीमा दबाबका कारण प्रतिस्थापन विधेयकलाई संसद्को पूर्ण बैठकबाट नै छलफल गरेर पारित गराउने विकल्प पनि सरकारसँग छ ।

प्रतिनिधि सभाको बुधबारको पहिलो बैठकमा विधेयक प्रस्तुतविरुद्धका विरोधका सूचना पेस भएका थिए । सबै विरोधका सूचना बहुमतले अस्वीकृत भएसँगै विधेयक पेस भएका थिए । सबै विरोधका सूचना प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलका तर्फबाट दर्ता भएका थिए ।

माथिल्लो सदनको अङ्कगणितका कारण अध्यादेश स्वीकृतको प्रक्रियामा ढिलाइ भएको थियो । राजनीतिक सहमतिपछि सरकारको सिफारिसमा जारी छ मध्ये पाँच अध्यादेश स्वीकृत भएका थिए । स्वीकृतलगत्तै प्रतिस्थापन विधेयक पेस भएको हो । सरकारको सिफारिसमा सहकारीसम्बन्धी अध्यादेश पुस १४ र अन्य चार अध्यादेश पुस २९ गते जारी भएका थिए । माघ २ गते जारी भूमिसम्बन्धी अध्यादेशका विषयवस्तुमा विवाद भएपछि संसद्मा स्वीकृतको प्रक्रिया पनि अघि बढेको छैन ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

जसपाले नेकपासँग एकताका लागि पहल गर्ने

२ घण्टा अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

६ लाख २० हजार थपिए नयाँ मतदाता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक