बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौंडा अस्पतालमा मुटु रोग सेवा सुरु

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
हेटौंडा अस्पतालमा मुटु रोग सेवा सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी विशषेज्ञ सेवा सुरु भएको छ ।

मुटु रोगको उपचारका लागि स्वास्थ्य उपकरण उपलब्ध भइसके पनि चिकित्सक नपाउँदा अस्पतालले उपचार सेवा दिन सकेको थिएन । शिक्षण अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठलाई सरकारले दुई वर्षका लागि खटाएपछि उपचार सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेसँगै अस्पतालले मंगलबारदेखि मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा दिन सुरु गरेको हो ।

मुख्यमन्त्री लामाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । उनले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई उन्नत बनाउन विशेष प्राविधिक र जनशक्ति व्यवस्थापनमा जोड दिइरहेको जनाए ।

चिकित्सकको अभावमा यसअघि मुटु सम्बन्धी सामान्य प्रकारका बिरामीले पनि उपचार पाउन नसक्ने अवस्था थियो । जसकारण बिरामीलाई उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यता थियो ।

अस्पताल व्यवस्थापन समितिले ३ पटकसम्म र प्रदेश सरकारले १ पटक चिकित्सकका लागि आवेदन खुलाउँदा चिकित्सकहरूले आवेदन नै नदिएको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले जानकारी गराए। समितिले एक वर्षअघि तेस्रो पटक खुलाएको आवेदनमा माल्दिभ्सका एक चिकित्सकले इच्छा देखाएका थिए । त्यो आवेदन रद्द भएपछि अस्पतालले चिकित्सक पाउन नसकेको सदस्य चौलागाईंले जनाए ।

अस्पतालले ओपीडी, ईको, टीएमटी, हल्टर, एबीपी र इसिजी सेवा प्रदान गर्नेछ । स्वास्थ्य उपकरण र जनशक्ति अभावका कारण मुटु रोग सम्बन्धी शल्यक्रिया भने अस्पतालमा उपलब्ध हुन नसक्ने जनाइएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालमा कार्डियो सेवा र शल्यक्रियाका लागि क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्ने तयारी पनि गरिरहेको उल्लेख गरे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले अस्पतालको सेवा विस्तारमा निरन्तरता र सुधार महत्त्वपूर्ण भएको जनाए । ज्ञवालीले उनले अस्पतालका विशेषज्ञ डाक्टरलाई २ वर्षसम्म टिकाउन नीतिगत रुपमा काम गर्न आवश्यक रहेको जनाएका छन् ।

यो पनि पढ्नुहोस्

विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

६ घण्टा अगाडि
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक