बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारत सरकार र योगीजीसँग मिलेर नेपालको सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
भारत सरकार र योगीजीसँग मिलेर नेपालको सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् ।

उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् । उनले भनेका छन्, ‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ । मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु ।’

आदित्यनाथसँग भेटघाट भएको छैन

राणाले योगी आदित्यनाथसँग आफ्नो भेट कहिल्यै नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनलाइन संस्करणमा राणालाई उद्धृत गर्दै भनिएको छ, ‘मैले कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा । म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु । मेरो गल्ती यत्ति हो ।’

आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाले जनाएका छन् ।

‘म निकै मुस्किलले लुक्दै–भाग्दै त्यहाँबाट निस्किएँ । नेपालमा राजतन्त्र पुनर्वहाली गर्ने र फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउने आफ्नो लडाइँ मेरो सास रहुन्जेलसम्म जारी राख्छु,’ उनले भनेका छन् ।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

२१ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक