काठमाडौं । चैत १ देखि प्रदर्शनमा आउने कथानक चलचित्र ‘राजागञ्ज’को सेन्सर पास भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा दिएको अभिव्यक्तिको दृष्य नहटाएसम्म सेन्सर हुन सक्दैन भनेर केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमतिमा अस्वीकार गरेको थियो ।
सेन्सर बोर्डले हटाउन चाहेको दृष्य र संवाद निर्माण टिमले काँटछाँट गरेपछि बोर्ड प्रदर्शनको अनुमति दिएको हो ।
सेन्सर बोर्डले कहाँनिरको दृष्य काँटछाँट गर्यो भन्ने बारे थाहा पाउनसक्ने बताए राजागञ्ज टिमका एक सदस्यले। उनले भने, ‘बोर्डले कुन दृष्य र संवाद हटायो भन्ने बुझ्न सकिन्छ।’
प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट पाएको राजगञ्ज भेनिस इन्टरनेशनल फिल्म फेस्टिभलमा १० मिनेटको स्टान्डिङ ओभेसन प्राप्त गरेको थियो।
सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ।
चलचित्रको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत अभिनय छ। यस चलचित्र भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला चलचित्र महोत्सवमा महोत्सवमा सहभागी भइसकेको छ।
यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो।