काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्काउने प्रयत्नको कुनै औचित्य नरहेको जनाएका हुन् ।
सांसद विष्टले भने, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।
सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढङ्गले विकास हुन नसकेको उल्लेख गरे । तर देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उनको आरोप थियो ।