काठमाडौं । सत्ता प्रतिपक्ष प्रमुख दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजापक्षधरहरुलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई त्यसमा हाम्रो आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले पनि मान्यता राखेको छ । यसलाई कमजोर नठानियोस् ।’