काठमाडौं । नेवार समाजमा राजनीतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्य बोकेर दलगत आबद्धता नभएको नेवाः राजनीतिक महागुथि गठन भएको छ ।
गत आइतबार बसेको भेलाले यस महागुथि गठन गर्ने निर्णय भएकाे थियाे । माधव श्रेष्ठको संयोजकत्वमा नौ जनाको संयोजन समिति गठन गरिएको हो । संयोजन समितीमा ज्ञानुरत्न महर्जन, किरण तुलाधर, राकेस मान मास्के, राजन सिं डंगोल, मनरा प्रजापति, त्रिलोक रत्न कंसाकार, योगेन्द्र राजकर्णिकार र प्रबिण महर्जन समावेश भएको छ ।
भेलाले विभिन्न विभाग पनि गठन भएको छ । ज्ञानु रत्न महर्जनको संयोजकत्वमा प्रविण महर्जन र योगन्द्र राजकर्णिकार समावेश भएको प्रशिक्षण विभाग र राजन सिं डंगोल र योगेन्द्र राजकर्णिकार समावेश भएको आर्थिक विभाग गठन भएको छ । राकेस मान मास्केको संयोजकत्वमा ज्ञानु रत्न महर्जन र किरण तुलाधर समावेश भएको संगठन विभाग गठन भएको छ । त्रिलोक रत्न कंसाकार, मनरा प्रजापति र प्रविण महर्जन समावेश भएको सञ्चार विभाग गठन भएको छ ।
भेलामा संयोजक श्रेष्ठले महागुथिको मूख्य उद्देश्य नेवारहरुलाई राजनीतिक चेतना उकास्ने र नेवाः राजनीतिको प्रवर्द्धन गर्ने भएकाले विविभन्न कार्यक्रमहरु गरिने भएकाे छ । साे भेलालाई सम्वोधन गर्दै अनुप सिं सुवालले यस महागुथि दलगत आवद्धताबाट मुक्त भई विशुद्ध नेवार समुदायको राजनीतिक मुद्दा उठाएर नेवारहरुबीच जाने धारणा राखे ।
यस संस्थाले तीन महिनाभित्र वृहद नेवाः राजनीतक भेला गरिने छ ।