सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला न्यायाधीशहरूको सम्मेलन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
महिला न्यायाधीशहरूको सम्मेलन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । महिला न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलन १२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ०८० मा जारी घोषणापत्र स्मरण गर्दै तिनको कार्यान्वयनको मागसहित सोमबार काठमाडौंमा सम्मेलन सकिएको हो । सम्मेलनले यौन दुव्र्यवहारसम्बन्धी नीति बनाउनुपर्ने मागसहित महिला न्यायाधीशहरूको राष्ट्रिय सञ्जाल गठनका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित सम्मेलनमा देशभरका ५० न्यायाधीश र १० जना पूर्वन्यायाधीश गरी ६० जनाको उपस्थिति थियो । कार्यस्थलमा हुने यौन दुव्र्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्रको निर्माण गर्नुपर्ने माग न्यायाधीशहरूको छ । ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्रको निर्माण गर्न पहलकदमी गर्न जोड दिनुका साथै यौनजन्य दुव्र्यवहारसम्बन्धी नीति बनाउन तथा कार्यान्वयनका लागि अदालतको नियमावली संशोधन गरी तीनै तहका अदालतमा महिला समिति गठनका लागि पहल गर्ने,’ प्रतिबद्धतापत्रको सातौँ बुँदामा छ ।

सम्मेलनमा सहभागी महिला न्यायाधीशहरूले अदालतका संरचना, पूर्वाधार महिलामैत्री बनाउनुका साथै महिला न्यायाधीश तथा कर्मचारीका लागि सुरक्षित आवासको प्रबन्ध मिलाउने, सुरक्षा व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबै तहका महिला न्यायाधीश र सेवानिवृत्त महिला न्यायाधीशहरूको न्यायाधीश पदमा सेवा सुरु गर्दा, माथिल्लो तहमा नियुक्ति हुँदा, उक्त पदमा कार्यरत रहँदाका अनुभव, अवसर र चुनौतीलाई दस्तावेज गरी अभिलेखीकरण गर्ने,’ प्रतिबद्धतापत्रको १०औँ बुँदामा भनिएको छ ।

सबै तहका अदालत तथा न्यायिक निकायमा कार्यरत महिला न्यायाधीश, अधिकृत तथा महिला कर्मचारीबीचको विविधतालाई ध्यान दिई व्यावसायिक क्षमता, दक्षता र नेतृत्व विकासका लागि आवश्यक नीति, रणनीति र कार्यक्रमको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएका छन् । उच्च शिक्षा अध्ययनको अवसर, प्रशिक्षण, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीमा सहभागिता तथा वैदेशिक अवलोकन भ्रमणलगायत अनुभव आदानप्रदानसम्बन्धी पर्याप्त अवसरको व्यवस्थापन र समन्वयका लागि पहल गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले महिला न्यायाधीशहरू न्यायप्रणालीको गौरव हुनुपर्ने बताए । ‘महिला न्यायाधीशहरू न्यायप्रणालीको गौरव हुनुपर्छ । मेरोतर्फबाट जुन भूमिका निर्वाह गर्नुपर्छ म गर्छु । जस्टिसको कुरो शाश्वत हो । महिलाहरू निर्णायक स्थानमा हुनुपर्छ,’ सम्मेलन उद्घाटन गर्दै उनले भने । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले निर्णायक तथा राज्यका उपल्ला तहमा महिलाको उपस्थिति न्यून भएको बताइन् । महिलामाथि नै क्षमताको प्रश्न उठ्ने र लैंगिकताकै कारण महिलाले पटक–पटक आफूलाई प्रमाणित गरिरहनुपर्ने उनको भनाइ थियो ।

महिला मात्र भएर हुँदैन, क्षमता, साहस र अध्ययन चाहिन्छ
सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश

महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । क्षमता, साहस, अध्ययन दिनरात गर्नैपर्छ । आफूले इमानदार भएर काम गर्नुपर्छ । र अरूले भनेका कुरामा चिन्ता लिनुहुँदैन । मैले एकजना सम्माननीयज्यूसँग झगडा पनि गरेकी छु । उहाँले पर्दा हटाएर खै महिला कहाँ छन् देखाऊ त भन्नुभयो । मेरो बेलामा त जम्मा सातजना न्यायाधीश महिला थिए । अहिले पनि समाजमा धेरै महिला पीडित छन् । भन्नलाई त सरकारले भन्छ हामीले धेरै गरेका छौँ । तर त्यो कागजमा मात्र हुन्छ । जस्टिस दिने काम न्यायाधीशले मात्र गर्छ ।

यो पनि पढ्नुहोस्

विचाराधीन सार्वजनिक सरोकारको विषयमा अदालतको अवहेलना नहुने

१ हप्ता अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मात्रै हुने निश्चित

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक