शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपाले कामपालाई एक लाख रुपैयाँ जरिवाना बुझायाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
राप्रपाले कामपालाई एक लाख रुपैयाँ जरिवाना बुझायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । महानगरपालिकाले पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाउँदै जरिवाना गरेको थियो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको बताएको थियो । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले महानगरको निर्णय स्वीकार गर्दै एक लाख रुपैया खातामा दाखिला गरिएको जानकारी गराएका छन् ।

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं । १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’– उनले भनेका छन् ।

आइतबार राप्रपासहितका राजावादी शक्तिले काठमाडौंमा प्रदर्शन गरेका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौं आवागमनमा समर्थन जनाउँदै राजावादीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा फोहोर गरेको भन्दै महानगरले जरिवाना गरेको हो ।

यता सत्तारुढ दल नेकपा एमालेले भने महानगरको जरिवाना नतिर्ने अडान लिएको छ । गत मंसिर ७ गते एमालेले काठमाडौंमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना एमालेले हालसम्म पनि तिरेको छैन् ।

त्यति बेला महानगरद्वारा एमाले पार्टी कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ‘मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ’।

सुरुमा महानगरको टोलीले एमाले मूख्यालय च्यासलमा जरिवानाको पत्र दिएको थियो । उक्त पत्र एमालेले लिन अस्वीकार गरेपछि महानगरले हुलाकबाट उक्त पत्र पठाएको थियो । यद्यपि हालसम्म उक्त जरिवाना प्राप्त नभएको महानगर स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

१२ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक