काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-१ स्थित बेलबारी नगरपालिकाको भवन छेउमा सुनवर्षी नगरपालिका-४ बस्ने ३८ वर्षीय लाल बहादुर सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, ईस्मा गाउँपालिका-६ बुल्मस्थित सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय नारायण कुमाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा, लुङग्री गाउँपालिका-५ पुरानो बुझीङस्थित सुनथोक सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६१ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, खैरहनी नगरपालिका-१० बडगाउँस्थित सडक छेउमा रहेको कुलोमा सोही ठाउँ बस्ने ५९ वर्षीय सुख बहादुर घिमिरे सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।