काठमाडौं । आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा झरेको छ।
कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७३ करोड ५० लाख बढीको सेयर कारोबार भयो। आज अन्य समूहका सूचकबाहेक सबैको घटेको छ।