बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सियोलमा सुरक्षा व्यवस्था कडा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सियोलमा सुरक्षा व्यवस्था कडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताएका छन् ।

संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ।

यूनको नागरिक शासनको अल्पकालिक निलम्बनले प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको र उनलाई जनवरीमा भएको विद्रोहका लागि हिरासतमा लिइएको थियो । यद्यपि, प्रक्रियागत आधारमा उनलाई गत साताको अन्त्यमा रिहा गरिएको थियो।

सोलको एक न्यायाधीशले युनको हिरासत अवधि बढाएपछि निलम्बित राष्ट्रपतिका समर्थकहरूले सियोलको एक जिल्ला अदालतको ढोका र झ्यालहरू तोडेका छन् र अधिकारीहरूले आसन्न फैसलालाई लिएर हिंसात्मक हुने चेतावनी दिएका छन्।

सियोल महानगरीय प्रहरी निकायका कार्यवाहक प्रमुख पार्क ह्युन सोले भने, “संवैधानिक अदालत र त्यस वरपर हुने झडपलाई रोक्नुपर्छ।”

“हामीले संवैधानिक अदालतको १०० मिटरभित्रको क्षेत्रलाई विरोधमुक्त क्षेत्र घोषणा गर्ने र ब्यारिकेडलगायत सबै उपलब्ध उपकरणपरिचालन गर्ने योजना बनाएका छौँ,” पार्कले पत्रकार सम्मेलनमा भने ।

उनले भने, “हामीले महाभियोगको विषयमा विरोधी समूहबीच द्वन्द्व हुन नदिन र संवैधानिक अदालतका न्यायाधीशको रक्षाका लागि काम गर्नैपर्छ ।”

प्रहरीले अश्रुग्यास छोड्ने र लाठीको प्रयोगसम्बन्धी थप प्रशिक्षण आफ्ना जवानहरूलाई दिइरहेको बताउँदै पार्कले बमको धम्कीको जवाफ दिन प्रहरी विशेष बल परिचालन गर्नेबारे पनि विचार गरिरहेको बताए ।

पार्कका अनुसार फैसलाको दिन नजिकका विद्यालयहरू बन्द गर्नेबारे सम्बन्धित निकायसँग विचारविमर्श भइरहेको र नजिकैका निर्माण स्थलहरू र पेट्रोल पम्पहरू बन्द गर्ने तयारी गरिएको छ ।

ती स्थलहरूमा ‘विरोध र प्रदर्शन सामग्रीहरू भण्डारण गर्न सकिन्छ’ भन्ने चिन्ता प्रहरीको रहेको छ ।

महाभियोगको फैसला को अलावा यूनले डिसेम्बरमा सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा एक आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ । उनी एक आपराधिक मामलामा मुद्दाको सामना गर्ने पहिलो सत्तासीन दक्षिण कोरियाली राष्ट्रपति बनेका छन् ।

अभियोजक जनरल शिम वू–जुङले सोमबार पत्रकारहरूसँग भने, “अभियोजन पक्षले युनलाई अनपेक्षित रूपमा हिरासतबाट रिहा गरे तापनि मुद्दालाई जारी राख्नेछ।”

शिमले भने, “हामी अभियोजनपक्षको मुद्दालाई निरन्तरता दिन बलियो प्रयास सुनिश्चित गर्नेछौँ।”

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

३ दिन अगाडि
नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

आजदेखि विकास साझेदारीमा छलफल हुने

सांसद खगेन्द्र सुनारमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक