काठमाडौं । राष्ट्रिय सभामा माओवादी सांसद जगप्रसाद शर्माले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरेको जनाएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा सांसद शर्माले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरिएको जनाएका हुन् ।
संविधानविरोधी गतिविधि हुँदा पनि सरकारले अराजकता नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सांसद शर्माले भने, ‘अहिले प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन् ।
जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । जसले वंश विनाश गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’