वीरगञ्ज / प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने एक जना रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–८ बिर्ता चौक बस्ने ४४ वर्षीय शेख सदरे आलम छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै किसानहरुको मलखाद रोकी पैसा मांग्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए। आलमको बारेमा थप अनुसन्धान भइरहेको उनले जनाए।