शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हार्दिक स्वागत गर्नुभयो । भ्रमणका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै सो सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण तथा अवलोकन भ्रमण पश्चात आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका अत्यन्तै सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले प्रहरी विधेयक संशोधनको लागि सबै सरोकारवाला पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवम् प्रहरीमैत्री बनाउनका लागि वृहत रूपमा छलफल गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 2 कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही कार्यसम्पादन गर्दै आएको बताउनुभयो । आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले विश्वमै चुनौतीका रूपमा देखा परेका अपराधका नयाँ प्रवृत्तिको पहिचान गर्दै त्यसलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायको समन्वयलाई समेत प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो । साथै नवीनतम् चुनौतीको रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, साइबर अपराध एवम् विद्युतीय अपराध, अवैध हातहतियार ओसार पसार र आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल वृद्धि र समग्र संगठनको वृहत्तर हितका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र अपेक्षा तथा समसामयिक विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

निर्वाचन प्रहरीकाे  बिदाइ

निर्वाचन प्रहरीकाे बिदाइ

१ दिन अगाडि
झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने

सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक