काठमाडाैं । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी (क्लासिक टेक)ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत छुटमा प्याकेज अफर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत उद्यमी प्याकेज ६० एम बीपी एसको वार्षिक जडानमा ५० प्रतिशत छुट, उद्यमी प्याकेज एक सय २० एम बीपी एसको वार्षिक ५० प्रतिशत छुट, र उद्यमी प्याकेज दुई सय एम बिपी एसको वार्षिक जडानमा ५० प्रतिशत छुट रहेको साथै उद्यमी महिलालाई लक्षित गरी अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।
यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ । उद्यमी प्याकेजमा पब्लिक आईपी, फाईभ जी एच डुवल ब्याड राउटर र अनलिमिटेड एफ यू पी पनि समावेश छ ।
यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ तारिखसम्म मान्य हुनेछ । तोकिएको बाहेक अन्य शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।