शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजावादीको गतिविधिलाई लिएर चिढिन थाले

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
राजावादीको गतिविधिलाई लिएर चिढिन थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय राजावादी र पूर्वपञ्चहरूको सक्रियताले गणतन्त्रवादीहरू असहज महसुस गर्न थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरू राजावादीको गतिविधिलाई लिएर चिढिन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राजावादीको गतिविधिबारे औपचारिक रुपमा बोलेका छैनन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखिसकेका छन् ।

खासगरी गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशपछि राजावादीहरूको सक्रिया बढेको छ भने गणतन्त्रवादीहरूमा चिसो पसेको छ ।

सरकारले जनतालाई परिणाम दिन चुकिरहेका बेला राजावादीहरूले दुई दिनअघि काठमाडौंमा मोटरसाइकल र्‍याली निकाले । नारायणहिटी अगाडि जम्मा भएका उनीहरूले गणतन्त्रवादीहरूलाई झस्काउने गरी आन्दोलन थाल्ने बताए ।

यस्तोमा दुई कम्युनिष्ट दलका नेताहरूले पूर्वराजालाई राजतन्त्र फर्किने भ्रम पालेर नबसी बरू लोकप्रियता जाँच्न चुनाव लडेर देखाउन चुनौती दिए ।

यहीबीचमा शुक्रबार एमाले महासचिव शंकर पोखरेलले जनआन्दोलनबाट हटाइएको राजतन्त्रका नाममा गरिने बहसलाई समयको बर्बादी भनेका छन्।

उनले २५० वर्षसम्म जनता झेलेको राजतन्त्रका नाममा अब मूल्यवान समय खेर फाल्नु ठीक नहुने बताएका हुन् ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन’, उनले भनेका छन्, ‘अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फ्याँकिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ ।’

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

२२ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक