काठमाडौं । केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जित्न सफल भएकाे छ ।
दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिबद्धता मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरेको हो ।
‘इनोभेटिभ इन्टरेक्टिभ एक्सपिरियन्सले कारण दिपल एस०५ लाई अरूभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट छ । यस्ता फिचरले एस०५ लाई इन्टिलिजेन्ट, इफिसेन्ट बनाएको छ,’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।
दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ । आउँदो तीन वर्षमा दिपलले विश्वभरि ९ नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्वी एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।