काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो ।
प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चाैधरी र एनसेलको तर्फबाट चिफ कमर्सियल अफिसर उमेर मोहसिनले हस्ताक्षर गरे ।
डी क्याटेगोरीको भने ड्राफ्ट हुँदैन । विभिन्न गोल्डकप तथा नेशनल टिमको क्लोज क्याम्पले गर्दा केही चुनाैतीहरु हुने उनले जनाए ।एनएसएल सुरु हुनुअघि कार्यक्रम गरेर पुरस्कारलगायत अन्य जानकारी सार्वजनिक गर्ने पनि निर्देशक कार्कीले जनाए । एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।